डब चलचित्र रोक्नु भन्दा कोटा प्रणाली लागु उत्तम होइन र

नेपालका स्टार कलाकारहरु भोजपुरी चलचित्र खेल्न थालेपछि कुनै समय नेपाली डब भोजपुरी चलचित्रको बिजबिगी थियो नेपालमा । त्यस्ता चलचित्रलाई नेपालको प्रोडक्सन कम्पनी मार्फत बिकास बोर्डमा दर्ता गरेर नेपाली भनेरै रिलिज गरिन्थ्यो । त्यही समयदेखि नेपालका बिभिन्न स्थानमा डब चलचित्रहरु प्रदर्शन थालेका हुन् ।
पछिल्लो समय साउड इण्डियन चलचित्रहरु जब हिन्दिमा डब गरेर नेपाली बजारमा प्रदर्शन थालियो अनि झस्कन थालेका छन् नेपाली निर्माताहरु । खुल्ला बजार नीति अनि अहिलेको चलचित्र नीतिका कारण कुनै पनि देशका चलचित्रहरु नेपालमा निर्वाध प्रदर्शन हुन पाउँछन् । यस्तो अवस्थामा चलचित्र बिकास बोर्डले भने डब चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गर्दै निर्णय कायान्वयनको अर्को निर्णय गर्न तालुकवाला सूचना तथा सञ्चार मन्त्रालयमा आग्रह सहितको पत्र पठाएको जनाएको छ ।
खासगरि हिन्दी डब साउथ इण्डियन चलचित्रसँग नेपाली निर्माता तर्सिन थालेका छन् । तर, साउथ चलचित्रलाई तत्कालिन बिकास बोर्ड नेतृत्वले नै प्रोत्साहन गरेको थियो । साउथको चलचित्र बाहुबलिले नेपालमा उल्लेख्य ब्यापार गरेको थियो । त्यसपछि साउथका ठुला चलचित्रमा नेपाली वितरकको आँखा गयो । सस्तो रकममा पनि पाइने भएकोले साउथ चलचित्र ब्यावसायिका लागि आकर्षण जस्तो भयो । केही वर्ष अघि केजिएफ च्याप्टर वानले नेपालमा अनपेक्षित ब्यापार गर्यो । यो चलचित्रले नेपालको बिग मुभिजमा ५१ दिन प्रदर्शनको रेकर्ड राख्यो । वितरक र हल सञ्चालकले सफलताको ५१ औं दिनको कार्यक्रम गरे । बिग मुभिजमा आयोजित उक्त कार्यक्रममा तत्कालिन बोर्ड अध्यक्ष स्वर्गिय केशब भट्टराई पनि उपस्थित भए । उनको उपस्थिति नेपालमा साउथ चलिचित्र रिलिजका लागि प्रोत्साहनका लागि थियो भनेर बुझ्न सहजै सकिन्छ ।
यतिबेला साउथ इण्डियन हिन्दी डब चलचित्र केजिएफ च्याप्टर २ का कारण नेपाली चलचित्र ए मेरो हजुर ४ लाई ठुलै धक्का लाग्यो । केही चलचित्रकर्मीहरु त्यस्ता चलचित्रको प्रदर्शन रोक्न माग गर्दै चलचित्र बिकास बोर्ड पनि पुगे । केही मल्टीप्लेक्सहरुले ब्यववसायिक धर्म नै छोडेर नेपाली चलचित्रलाई बिभेद गरे । हाउसफुल हुने अवस्थामै नेपाली चलचित्रको शो हटाएर साउथ चलचित्रलाई उल्लेख्य शो दिए । नियम विपरित मध्य रातमा केजिएफ च्याप्टर २ का लागि शो खुल्ला गरिदिए । जसको चौतर्फि आलोचना भइरहेको छ । आलोचना चलचित्र हलको मात्र होइन बिकास बोर्डको पनि भइरहेको छ ।
चलचित्रकर्मीको दबाब अनि चौतर्फी आलोचना पछि बोर्डले अब उप्रान्त डब चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गर्न तालुकवाला मन्त्रालयमा आग्रह सहितको निर्णय गरेको छ । बोर्डको त्यो निर्णय कार्यान्वयन हुन् मन्त्रालयले पास गर्नु पर्ने हुन्छ । तर, नेपालमा डब चलचित्रको प्रदर्शन रोक्नु नै नेपाली चलचित्रको बिकासका लागि कोसेढुङ्गा हो त ? तत्कालका लागि निर्मातालाई केही राहत जस्तो देखिएपनि यसले दिर्घकालिन रुपमा उल्लेख्य प्रभाव पार्नेवाला छैन । बरु उत्कृष्ट नेपाली चलचित्र निर्माणमा प्रोत्साहन गर्दै बजारले नै त्यस्ता चलचित्रलाई बिस्थापित गर्नु राम्रो हो । हलले विभेद गरे भने बषौं देखि निर्माताहरुले माग गरे बमोजिम कोटा प्रणालि लागु गर्नु उपयुक्त कदम हुन्छ । हरेक चलचित्र हलले जुन कुनै दिन कम्तिमा निश्चित प्रतिशत शो नेपाली चलचित्रलाई दिनु पर्ने वा विदेशी चलचित्रलाई उच्चतम् कति प्रतिशत शो दिने हो त्यसको निर्धारण हुन् सके त्यसले दिर्घकालिन रुपमा राम्रो प्रभाव पार्न सक्छ । हुन् त अहिले पनि वर्षमा कम्तिमा निश्चित दिन नेपाली चपलचित्र चलाएकै हुनुपर्ने नियम त छ । तर, त्यो प्रभावकारी छैन । यसैले यति कोटा प्रणाली लागु हुने हो भने डब चलचित्रको मात्र होइन कुनै पनि विदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र पर्ने छैनन् । यसतर्फको सोच्ने की ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal