प्रदर्शनमा आयो चलचित्र ‘जन्ते बाख्रो’

२०८२ जेष्ठ २३
प्रदर्शनमा आयो चलचित्र ‘जन्ते बाख्रो’

चलचित्र ‘जन्ते बाख्रो’ प्रदर्शनमा आएको छ । चलचित्रलाई देशव्यापी रुपमा डेढ सय बढी शो प्राप्त गरेको छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र कुल ३७ शो दिएको छ ।

सिमोस सुनुवारको निर्देशन रहेको चलचिले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, कुसुम शर्मा लगायतको अभिनय छ । सन्तोष गौतमको निर्माण रहेको चलचित्रमा प्रदीप भारद्वाजको लेखन रहेको छ ।

निर्माता गौतम इमान्दारिताका साथ चलचित्र निर्माण गरेका कारण दर्शकहरुको पनि मन जित्नेमा आशाबादी छन् । चलचित्रले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी–दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्रमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।