चलचित्र ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज

चलचित्र ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। सार्वजनिक ‘मनि मनि’ बोलको र्याप गीतमा कुशल पोखरेलको स्वर र शब्द रहेको छ । गीतमा संगीत भने केपासको रहेको छ । भिडियोमा कलाकार नीति शाह र नवीन मानन्धरले पैसा उडाइरहेका छन् । रेअर राई, विनिता थापा मगर, महेश त्रिपाठी लगायतका कलाकारहरु पनि भिडियोमा रहेका छन् ।
सुरज सुनुवारको निर्देशन रहेको चलचित्रमा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन् ।
डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाँकन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् ।
Latest Updates
New Releases (Bhadra 6)
-
Magne Raja
Director : Rishi Lamichhane
Casts : Kedar Ghimire, Barsha Shiwakoti, Wilson Bikram Rai, Shishir Bangdel, Sharada Giri
Next Releases (Bhadra 12)
-
Koshedhunga
Director : Saroj Poudel
Casts : Surakshya Panta, Aaryan Sigdel, Prabin Khatiwada, Reecha Sharma, Niti Shah