यस्तो छ ‘के घर के डेरा’को पोस्टर

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज गरिएको छ ।
सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । दयाहाङ राई निदाइरहेका छन् । बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किन्छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराश अवस्थामा देखाइएको छ ।
महेश दवाडीको पटकथा र संवाद रहेको सिनेमामा दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।
कार्तिक ४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा सिंगे लामाको कथा छ ।
दिर्घ गुरुङको छायांकन रहेको सिनेमामा शंकर थापा स्माइलरकोशिस क्षेत्रीको संगीत र दिर्घ खड्काको सम्पादन छ ।
ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal