लक्ष्मी र जीवनको ‘जात’ सार्वजनिक
‘रियल जोडी’ लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजको प्रस्तुती रहेको गीतमा प्रभावन जे को शब्द, संगीत एवं एरेन्ज छ । रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर दिएको गीतको भिडियो सोमबार डिएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई अभिनेत्री लक्ष्मी बर्देवा स्वयंमले निर्देशन गरेकी हुन् । भिडियोमा अन्तरजातिय विवाह गरेको लक्ष्मी र जीवनको ‘रियल जोडी’को अभिनय रहेको हो ।
गीतको भिडियोमा भने जातिय विभेदले छुटेको प्रेमकथालाई देखाउन खोजिएको छ । ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन रहेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका हुन् । गीत र भिडियोलाई स्रोता दर्शकले रुचाउने विश्वास लिइएको छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri