माउथ पब्लिसिटीमा अब्बल ‘होस्टेल ३’

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ले उत्साहजनक ब्यापार गरेको छ । ट्रेलर रिलिज देखि नै राम्रो हाइप बनाएको चलचित्रको माउथ पब्लिसिटी समेत अब्बल देखिएको छ ।
चलचित्र ‘होस्टेल’को लिगेसी र समाजिक सञ्जालमा समेत चर्चित युवा पुस्ताका कलाकारको अभिनय रहेकोले पनि चलचित्र प्रति दर्शकको आकर्षण देखिएको हो । चलचित्र हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका कारण शनिबारको ब्यापार थप बढ्न सक्ने आँकलन गरिएको छ ।
सशान कँडेल निर्देशित चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान, सन्तोष बानियाँलगायतका कलाकारको अभिनय रहेको छ ।
माधव शर्माको लेखन रहेको चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal