चलचित्र ‘मोहर’को गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक
चलचित्र ‘मोहर’को गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द र एसडी योगीकै संगीत छ ।
सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाललाई फिचरिङ गरिएको छ । गीतमा कलाकार मिथिला शर्मा र बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ ।
ओम प्रतिकको निर्देशन रहेको चलचित्र साउन २३ गतेदेखि प्रदर्शन हुने छ । फिल्म मेकर्सको व्यारनमा निर्माण भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । चलचित्रमा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।
चलचित्रमा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
