‘कल्ली’ तीन देशमा एकसाथ प्रदर्शन हुँने
फागुन १ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गरिन निर्माण पक्षले जनाएको छ । निर्माता किरण नेपालीका अनुसार चलचित्र नेपाल, भारत तथा पाकिस्तानमा एकसाथ रिलिज हुनेछ । नेपालमा नेपाली भाषामा रिलिज हुने चलचित्र भारत तथा पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने निर्माण पक्षको भनाई छ ।
चलचित्रलाई भारतमा एमके फिल्म डिस्ट्रिब्यूटर तथा पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने काफिया फिल्मस् र कुबेर फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने चलचित्रको हिन्दी भर्सन रिलिज हुने छैन ।
‘कल्ली’ को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बजारमा राम्रो छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहेको चलचित्रको हाल पोष्ट प्रोडक्सनको काम चलिरहेको छ ।
लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा महेश दवाडीको लेखन छ । चलचित्रमा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रले लोभको कथा भन्छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा चलचित्र बनेको निर्माण पक्षले बताएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
