विल्सनको ‘मैझारो’मा धिरज अनुबन्धित
तक्मे प्रोडक्सनको ब्यानरमा चलचित्र ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले धीरज मगरलाई मुख्य अभिनेताका रुपमा अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
चलचित्रको लेखन तथा निर्देशन कलाकार विल्सन विक्रम राईले गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो । चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन् । निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ।
साउनको पहिलो हप्ताबाट चलचित्रको छायांकन शुरु हुने छ । निर्देशक राईले चलचित्रको छायांकन ईलाम र पाँचथरका बिभिन्न स्थानहरूमा गर्ने बताए । उनका अनुसार चलचित्रमा सामाजिक कथावस्तुमा आधारित पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ प्रस्तुत हुनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
