Mansara

‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ रिलिज, नायिकासँग निर्देशकले दुखाए चित्त

२०७८ चैत्र ९
‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ रिलिज, नायिकासँग निर्देशकले दुखाए चित्त

चलचित्र ‘हेल्लो जिन्दगी’ले प्रचारप्रसारलाई तीव्र पारेको छ । चैत्र १८ गतेबाट प्रदर्शन हुने चलचित्र निर्माण टिमले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरेको छ ।

एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा चलचित्रका कलाकार बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचर छन् । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् ।

प्रेसमिटमा निर्देशक बोहराले चलचित्रका दुई अभिनेत्री प्रियंका कार्की र दीपीका प्रसाईंले प्रमोशनमा साथ नदिएकोमा चित्त दुखाए । ‘उहाँहरुले प्रमोशनमा साथ दिनु भएन,’ उनले भने, ‘हामीले पटकपटक सम्पर्क गर्दा समेत रेस्पोन्स गर्नुभएन । निर्देशक बोहराले नायिकाहरुले न्युनतम ब्याबसायिक धर्म पनि निर्वाह नगरे तापनि आफूहरु बिचलीत नभएको, बरु आगामी दिनमा यसखालका गैरजिम्मेवार कलाकार लिनु अघि धेरै बिचार गर्ने बताए ।

कार्यक्रममा चलचित्रकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावीत भइ निर्माण गरिएकाले दर्शकको मन जित्ने बिश्वास लिएको बताइन् । अभिनेता बिक्रमले आफूहरुले गुणस्तरिय चलचित्र निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए । उनले भने, ‘हाम्रो चलचित्रमा नेपाल, भारत र युके, तीन देशका प्राबिधिकको मेहनत परेको छ । दर्शकसामु उच्च कोटीको चलचित्र प्रस्तुत गर्नका लागि हामीले अत्यन्तै मेहनत गरेका छौ । त्यसैले दर्शकले मन पराउनेमा बिश्वस्त छु ।’ अभिनेता बिक्रम, निर्देशक बोहरा र नवअभिनेत्री बिभिया यही चलचित्रको प्रमोशनका लागि केही दिनअघि मात्रै बेलायतबाट काठमाडौ झरेका हुन् । कार्यक्रममा चलचित्रकी सहनिर्मात्री तथा अभिनेत्री सबिता गुरुङले आफूहरुले यो चलचित्र पूरा गर्न निकै संघर्ष गरेको स्मरण गर्दै सफलता प्राप्त हुनेमा ढुक्क रहेको बताइन् । नवअभिनेत्री बिभियाले चलचित्र निकै राम्रो बनेकाले आम दर्शकको रोजाइमा पर्ने धारणा ब्यक्त गरिन् । कार्यक्रममा चलचित्रमा समाबेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो । 

बेलायत र काठमाडौमा खिचिएको चलचित्रमा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, बिभिया श्रेष्ठ, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावीत चलचित्रको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । 

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस् सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् ।

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा र सम्वाद रहेको चलचित्र तथा गीत पुरुषोत्तम प्रधान र अल्बर्ट प्रसादले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रमा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।

Mahajatra