‘हेल्लो जिन्दगी’ को ‘झुम्के बुलाकी’ सार्वजनिक

आगामी शुक्रबार अर्थात १८ चैत्रबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘हेल्लो जिन्दगी’ को लोकशैलीको ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक गरिएको छ । राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको गीतको शब्द र संगीत पनि राजनराजकै हो ।
बेलायतमा छायाङ्कन भएको गीतको भिडियोमा नायक विक्रम डि जोशी र नवअभिनेत्री विभिया श्रेष्ठका साथै विदेशी कोरस प्रयोग गरिएको छ । बेलायत र नेपालमा छायाङ्कन भएको ‘हेल्लो जिन्दगी’ एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन । निर्देशक बोहोराकै लेखन रहेको चलचित्रमा विक्रमका साथमा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, मनोज केसी, कुमुद पन्तलगायतको अभिनय छ ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा र सम्वाद रहेको चलचित्र तथा गीत पुरुषोत्तम प्रधान र अल्बर्ट प्रसादले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गरेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डिगुरुङको सम्पादन छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi