चलचित्र ‘हात्तीछाप’को टिजर रिलिज

चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रको टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ ।
प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारिलगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ । माघको २६ गतेबाट रिलिज हुने चलचित्रले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षले बताएको छ ।
रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रमा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal