‘हात्तीछाप’को गीत ‘मायालु’ सार्वजनिक

माघ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायालु’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम दर्शाइएको छ । उनीहरुको केमेस्ट्री रोचक देखिन्छ ।
सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना, प्रताप दास र ममता गुरुङको स्वर तथा उज्ज्वल सागरको संगीत छ । सिमोस सुनुवारद्वारा निर्देशित चलचित्रमा दयाहाङ र उपासनाका अलवा सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कमलमणी नेपाल, कविता आले, विल्सन विक्रम राई, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला, विनोद न्यौपाने लगायतको पनि अभिनय छ ।
सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा प्रदीप भारद्वाजको लेखन छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन छ । किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् ।
सरोज नेपाली चलचित्रका कार्यकारी निर्माता हुन् । आरआर फिल्म्सले नेपालमा वितरण गर्न लागेको चलचित्रलाई विश्व बजारमा भने एमएसएम पोष्ट प्रोडक्शनले रिलिज गर्नेछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal