हर्क साम्पाङको अभियानमा दयाहाङ, विल्सन र राजेशपायलको साथ

धरानका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्ने अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् । सोमबार काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।
यो अभियान साथ दिनका लागि उनीहरुले जनही १–१ लाख रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् । अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा सहभागी भएका थिए ।
अभिनेता दयाहाङले सुम्निमा – पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने विश्वास ब्यक्त गरेका छन् । ‘हामीले किराँती दर्शनलाई जसरी बुझेका छौं, त्यसलाई हामीले बाहिर लैजान सकेका छैनौं’ दयाहाङले भने ।
कलाकारको साथ पाउँदा धरानका मेयर साम्पाङले आफूलाई भाग्यमानी महसुस गरेको बताए ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal