प्रदर्शनमा चलचित्र ‘गोर्खा वारियर’

चलचित्र ‘गोर्खा वारियर’ आजबाट प्रदर्शनमा आएको छ । नेपाली, हिन्दी, अंग्रेजी र कोरियन सहित चार भाषामा बनेको चलचित्रको नेपाली संस्करण आजबाट प्रदर्शनमा आएको हो ।
शुक्रबार बिहानैबाट चलचित्रको राम्रो ब्यापार गरिरहेको निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । निर्देशक चाम्सले भने – ‘बिहानको शोमा केही ठाउँ हाउसफुल भयो भने केही ठाउँमा ८०÷९० प्रतिसतको अक्युपेन्सी रहेको छ । ११ बजेको शोको बुकिङ पनि अत्यन्त राम्रो छ ।’
ललितपुर क्षेत्रमा रहेका राई लिम्बु समुदायका करिब ६०० जनाले शुक्रबार ११ बजे ललितपुरको जाउलाखेल स्थित चिडिया खाना क्षेत्रबाट चलचित्र समर्थनमा ब्यानर बोकेर आफ्नो भुषभुसा र गाजाबाजा सहित चलचित्र हेर्ने आह्वान सहितको र्याली निकालेका थिए । सो र्याली लबिम मलमा गएर टुँगिएको थियो । र्यालीपछि कतीपय दर्शकले पहिलो शोमा टिकट नपाएपछि दोश्रो शोमा चलचित्र हेरेका थिए ।
चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal