चलचित्र ‘गोपी’को दोस्रो गीत सार्वजनिक, स्वाभिमानी र देशभक्तिको भाव व्यक्त

चलचित्र ‘गोपी’को दोस्रो गीत सार्वजनिक गरिएको । सार्वजनिक गरिएको ‘तेरो आफ्नो’ बोलको गीतमा कल्याण सिंहको संगीत, विप्लव प्रतिकको शव्द र शिव परियारको स्वर रहेको छ ।
गीतले स्वाभिमानी र देशभक्तिको भाव व्यक्त गरेको छ । गाई पालनमा लागेको युवाको कथामा चलचित्र केन्द्रित छ । निर्देशक दिपेन्द्र लामाका अनुसार सार्वजनिक गीत चलचित्रको थिम गीत हो । चलचित्रमा सिच्युयसन गीतका रुपमा यसको प्रयोग गरिएको छ ।
केही दिन अघि सार्वजनिक गरिएको ट्रेलरमा एक युवा एकपटक असफल भएर पनि पुनः गाई पालमा नै लाग्न चाहेको कथा देखाइएको थियो । त्यही बेला यो गीत उसका लागि उर्जाका रुपमा प्रयोग गरिएको लामाले बताएका छन् । उनका अनुसार कर्म गर्ने हो भने यही माटोनै आफ्नो भएको भाव गीतले व्यक्त गरेको छ ।
आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रलाई आरोही केसीले निर्माण गरेकी हुन । दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।
माघ १८ गते प्रदर्शन हुने चलचित्रमा सामिप्य तिमल्सेनाको लेखन, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । श्रीधर पौडेल चलचित्रका कार्यकारी निर्माता हुन ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi