सलमानको ‘गडफादर’ जोमसोममा

हिमाली क्षेत्रको सुन्दर दृश्य कैद हुने गरी चलचित्र ‘गडफादर’को छायांकन जोमसोम आसपासमा हुने भएको छ । दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान चलचित्रका मुख्य कलाकार हुन् ।
चलचित्र ‘गडफादर’मा दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको मुख्य भुमिका रहने छ भने सलमान खानले उनको भाईको भूमिकामा अभिनय गर्ने छन् र नायिका नयनताराको पनि अभिनय रहने छ । दुवै अभिनेता आगामी सेप्टेम्बरमा चलचित्र ‘गडफादर’को सुटिङका लागी नेपाल आउने निर्माणपक्षले जानकारी गराएका छन् ।
चलचित्रको निर्माण टिमको एक टोली नेपाल आएर उनीहरूले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेका छन् । अवलोकन टिममा भारतीय र दक्षिण भारतीय फिल्म उद्योगमा संलग्न राजेन्द्र घिमिरेको समेत सहकार्य रहेको थियो । ‘गडफादर’मा लाइन प्रड्युसरका रूपमा संलग्न घिमिरेका अनुसार चिरञ्जीवी र सलमान दुवै नेपाल आउने छन् । उनका अनुसार निर्माण टोलीले जोमसोम एयरपोर्ट क्षेत्र मन पराएपछि नेपालमा सुटिङ हुने पक्का भएको हो । केही दिन अगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’को टिजर सार्वजनिक भएको थियो ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal