चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्र टाइम ट्राभलको कथामा आधारित रहेको संकेत गरेको छ ।
अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेको चलचित्र जेठ १० गतेदेखि प्रदर्शनमा आउँदै छ । सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता सलोन कस्नेत बिशेष भुमिकामा देखिएका छन् ।
रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । चलचित्रका सह–निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal