चलचित्र ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर र रोमनकै शब्द तथा संगीत छ । चलचित्रका मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङलाई फिचरिङ गरिएको गीतमा किरण थापाको कोरियोग्राफी रहेको छ ।
जेठको १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवाल निर्माता रहेको चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माता र मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।
टाइम लुपको कथा भन्ने चलचित्रमा अनमोल र जसिता सँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा नरेन्द्र मैनालीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत र अष्ट महर्जनको एक्सन छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal