३५ दिनमा सकियो प्रदीप अभिनित ‘एक्लो’को छायाँकन

प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’को सम्पूर्ण छायाँकन सकिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो । चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार ३५ दिनमा चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो । चलचित्रको पोस्ट प्रोडक्सनको काम लन्डनमा गरिने निर्देशक शाहीले जानकारी दिए । चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन।
चलचित्र ‘एक्लो’ मा प्रदीप खड्का, बेनिषा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ । हलिउड कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ । चलचित्रका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal