चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डक्ल्याप

२०८२ आषाढ १३
चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डक्ल्याप

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डक्ल्याप भएको छ । जेठ २२ गतेबाट छायाकंन सुरु भएको चलचित्रको छायाँकन उपत्यका भित्रका विभिन्न स्थानमा गरिएको छ । चलचित्रको छायाकंन २५ मा सम्पन्न भएको छ ।

चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतको अभिनय रहेको छ । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

‘हामीले जे बनाउन खोजेका थियौं, त्यसका लागि सफल भयौं । अब पोस्ट–प्रोडक्सनको काम अघि बढ्छ,‘  निर्देशक चौहानले भने ‘कालाकारहरुको कामले कथालाई जीवन्त बनाएको छ, हामी उत्साहित छौं । दर्शकलाई हामीले राम्रो सिनेमा देखाउने छौं ।’

चलचित्रको को–प्रोडुसर रमन ग्रे र कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् ।