चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास र महत्वलाई देखाउन खोजिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा चलचित्र निर्माण गरेको बताए ।
निर्माता तथा कलाकार रोशन श्रेष्ठले चलचित्र हरेक नेपालीले हेर्नु पर्ने बनेको बताए । यस्तै विजय बरालले फरक चलचित्र भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताए । विल्सन विक्रम राईले आफुले चलचित्रको कथासँग मिल्ने गीत समेत लेखेको र यो कथा नजिक बाट देखेकोले चलचित्र उत्कृस्ट बनेको बताए । यस्तै चलचित्रकी नायिका आयुषा समालले आफुले बिदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागेको बताए ।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता परियार, देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । चलचित्रमा सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाह को सम्पादन र सत्यम रानाको सिजिआई रहेको छ । यस्तै दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
