हरर कमेडी जनरामा ‘घोस्टेल’ निर्माण हुन्, सुरजले निर्देशन गर्ने
चलचित्र ‘घोस्टेल’ निर्माणको घोषणा गरिएको छ । बुधबार थीम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणबारे जानकारी गराएको हो ।
एउटा भवनलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा ‘ह्वेन हरर मिटस् हाहास्’ (जब त्रासले हाँसोलाई भेट्छ) लेखिएको छ । यसले फिल्म हरर–कमेडी कथावस्तुमा बन्न लागेको संकेत गर्छ । फिल्मलाई सन् २०२६ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
अनन्या फिल्मस् को व्यानरमा निर्माण हुने चलचित्रलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । सुनुवारले यसअघि ‘षडङ्ग’ र ‘खजुरे ब्रो’को निर्देशन गरिसकेका छन् ।
चलचित्रलाई सरोज न्यौपाने र सुयोग गुरुङले निर्माण गर्नेछन् । चलचित्रमा गुरुङकै कथा रहने छ । ‘जेरी अन टप’ निर्माता न्यौपाने र निर्देशक गुरुङ उक्त चलचित्रको छायांकन सकाएसँगै एकसाथ ‘घोस्टेल’ निर्माणमा जुटेका हुन् ।
‘जेरी अन टप’ आगामी तिहारमा प्रदर्शनमा आउँदैछ, यो चलचित्रको प्रदर्शनपछि ‘घोस्टेल’को छायांकन प्रारम्भ हुने निर्माण पक्षले जनाएको छ । छायांकनमा जानभन्दा अगाडि सम्पूर्ण ‘कास्ट एण्ड क्रू’बारे जानकारी गराइने निर्माता न्यौपानेले बताए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
