चलचित्र ‘पीआर’को टिजर सार्वजनिक
चलचित्र ‘पीआर’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि टिजर सार्वजनिक गरिएको हो ।
शोभित बस्नेत निर्देशित चलचित्रको टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष र नेपालमा परिवारको पिडा देखाइएको छ । निर्देशक बस्नेतकै कथा रहेको चलचित्रमा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ ।
त्यसैगरि विशेष भुमिकामा नीर शाह, गौरी मल्ल, रबिन्द्र खडका, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन् । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा हुन् । चलचित्रमा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रको ६० प्रतिशत अष्ट्रेलियाका विभिन्न सहरमा र ४० प्रतिशत छायांकन नेपालमा गरिएको हो । यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्डमा चलचित्र रिलिज हुने जनाइएको छ । नेपाल सहित अन्य देशमा भने दशैको आसपासमा रिलिज हुने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
