‘हली’को गीत ‘चान्स पाएँ त’ सार्वजनिक
चलचित्र ‘हली’को प्रमोशनल गीत ‘चान्स पाएँ त’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बिच गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा बाबुल गिरी र शान्ति श्री परियारको स्वर, जस्मिन श्रेष्ठको शब्द रचना र गायक गिरीकै संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका मुख्य नायक प्रमोद दीपका साथै कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियङ्का कार्की र पूजा शर्माले नृत्य प्रस्तुत गरेका छन् । राहुल राईले छायाङ्कन गरेको गीतलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
शुभ चिरायु फिल्म्स र जापुरा फिल्म्स प्रोडक्सनको सहकार्यमा बनेको यो चलचित्रमा पूजा गुरुङ र जस्मिन श्रेष्ठको लगानी रहेको छ । ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्र वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको जनाइएको छ । नम्रता भण्डारी सह–निर्माता रहेको चलचित्रमा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
