चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित

चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । निर्माण कम्पनी आसुसेन फिल्मस्ले दिब्यसँग शनिवार औपचारिक सम्झौता गरेको हो ।
चलचित्रका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए। ‘अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौँ तर, औपचारिक रूपमा भने चलचित्रको विषयमा कुराकानी गर्न पाएका थिएनौँ । ‘बलिदान’को एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ’ निर्देशक सेनले भने, ‘यस चलचित्रमा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौँ । चलचित्रमा नयाँ भित्रिनुभएका कलाकारहरू पनि पहिले नै पोख्त भइसक्नुभएको छ ।’
अभिनेता दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । गत वर्ष नै रिलिज भएको यसको टिजरमा आवाज दिएका उनले निर्देशक सेनले त्यही बेला नै सँगै काम गर्ने प्रस्ताव गरेको बताए । उनले भने, ‘टिजरको समयमा नै उहाँले काम गर्नु पर्छ है भन्नु भएको थियो । मैले पर्खिरहेको थिएँ ।’
‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । यस चलचित्रमा यसअघि अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । आसुसेन फिल्मस् प्रा. ली. तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi