अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधन

अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधन भएको छ । बिसीको बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनलाई स्वास्थ्यमा समस्या आएपछि बुधबार राति अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युको कारण खुलेको छैन ।
सुर्खेत स्थायी घर भएकी बिसीको ३१ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले चलचित्र र सांगीतिक क्षेत्र शोकमग्न भएको छ । बाल्यकाल देखि नै नृत्यमा अब्बल दिपाशाले २०६७ सालमा टिभी फिल्मीले आयोजना गरेको रियालिटी शो ‘को बन्छ कलाकार’मा सहभागीता जनाएकी थिइन । त्यही शो मार्फत नै उनी चलचित्रकर्मीको नजरमा परीन ।
२०५२ सालमा सुर्खेतमा जन्मिएकी अविवाहित बीसीले दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली चलचित्रमा अभिनय गरेकी छन् । २०६८ सालमा रिलिज भएको चलचित्र ‘दुलही रानी’बाट डेब्यु गरेकी उनले ‘झेली’, ‘बिरानो माया’, ‘छाल’लगायतका चलचित्रमा अभिनय गरेकी छिन । ‘जलपरी’ नामले समेत परिचित बीसीको लोकदोहोरी म्यूजिक भिडियोमा राम्रो व्यस्तता रहँदै आएको थियो ।
बिसीले कर्णाली कलाकार प्रतिष्ठानको अध्यक्ष, भेरी कलाकार समाजको उपाध्यक्ष, कर्णाली कलाकार समाजको उपाध्यक्ष, टाइम्स डान्स सेन्टरको प्रबन्ध निर्देशक, कलाकार संघको सदस्य, म्युजिक भिडियो कलाकार संघको सदस्य, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको सदस्य रहेर बिसीले सामाजिक क्षेत्रमा पनि आफुलाई सक्रिय बनाउँदै आउकी थिइन ।
उत्कृष्ट अभिनयका लागि बिसीले नेशनल पावर न्यूज म्युजिक अवार्ड, नेशनल सिल्भर अवार्ड, छायाँछबी तिज म्यूजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, सुन्दरादेबी सन्देश म्युजिक अवार्ड, नेशनल इपिक नेपाल म्युजिक अवार्ड, नाट्टेश्वर म्युजिक अवार्डलगायत दर्जन भन्दा बढी अवार्डहरु प्राप्त गरिसकेकी छिन ।
खासगरि नेपाली कल्चरल नृत्यमा पोख्त बिसीले एकदर्जन भन्दा बढी देशमा आफ्नो प्रस्तुति दिइसकेकी छिन ।
Latest Updates
-
‘हत्यारा सरकार’ भन्दै सेलिब्रेटीहरुले गरे जेन–जी आन्दोलनमा प्रहरी दमनको भर्त्सना
-
राजेश हमाल भन्छन् – नेपाली भएकोमा यती लाज महसुस कहिल्यै गरेको थिइन्
-
‘नेपथ्य’का अमृत गुरुङ लेख्छन् – ‘नाती पुस्तालाई गोली हान्न आदेश दिनेलाई धिक्कार’
-
जेनजीको प्रदर्शनलाई कलाकारहरुको समर्थन, अनमोल भन्छन् ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन’
-
-
New Releases (Bhadra 20)
-
Reemai
Director : Khil Bahadur Gurung
Casts : Dayahang Rai, Rishma Gurung, Arpan Thapa, Gaumaya Gurung, Buddhi Tamang
Next Releases (Ashwin 3)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma