छक्का पञ्जा ४ अघि अर्को चलचित्र बनाउँदै दिपक–दिपा, पुष देखि छायाँकनमा जाने
निर्देशक, टिम बाहिरबाटै लिइने

चलचित्र छक्का पञ्जाका ३ वटै सिरिजहरु हिट भएका छन् । पहिलो भन्दा दोस्रो र दोस्रो भन्दा तेस्रो सिरिजलाई धेरैले रुचाएका छन् । दिपाश्री निरौला निर्देशित छक्का पञ्जाको तेस्रो सिरिज सम्म आइपुग्दा हाँस्य कलाकारहरुको टिमले समिक्षकबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छन् । सफलताका हिसावले हेर्ने हो भने तत्काल यसको चौथो सिरिज बन्यो भने त्यो अस्वभाविक पक्कै हुँदैन । किन कि जुन चलचित्र सफल हुन्छ त्यसकै सिक्वेल वा सिरिज बन्ने गर्छ । हुन त नेपालमा असफल चलचित्रको पनि सिक्वेल निर्माणको घोषणा गरिन्छ ।
तर, कलाकार तथा निर्माता दिपकराज गिरीले लेन्सनेपाल सँग कुरा गर्दै तत्काल चौथो सिरिज नबन्ने जानकारी दिएका छन् । उनले अहिले एउटा फरक कथामा काम भइरहेको र त्यो कथा छक्का पञ्जामा फिट नहुने भएकोले छक्का पञ्जाको सिरिजमा केही समय ग्याप लिन खाजेको बताएका हुन् । उनका अनुसार सबैकुरा योजना मुताविक नै सम्पन्न भए भने आउने पौषमा नयाँ चलचित्रको छायाँकन आरम्भ गरिने छ । जुन चलचित्रलाई छक्का पञ्जाको टिम भन्दा बाहिरका निर्देशकले निर्देशन गर्नेछन् । छक्का पञ्जा टिम बाहिरका निर्देशकलाई निर्देशनको जिम्मा दिएको रहस्य खोले पनि ति निर्देशकबारे भने दिपकले केही बताएनन् ।
त्यसो त उनले आफुले पनि निकट भविष्यमा नै चलचित्र निर्देशन गर्ने संकेत गरेका छन् । दिपकले आफुले निर्देशन गर्ने चलचित्र भने हाँस्य जनराको नहुने समेत खुलाएका छन् ।
यतिबेला चलचित्र छक्का पञ्जा ३ सफलताका साथ प्रदर्शन भइरहेको छ । घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र अहिले पनि अधिकांश हलहरुमा हाउसफुल भइरहेको छ । शैक्षिक प्रणालिमाथी व्यङ्य गरिएको छक्का पञ्जा ३ लाई धेरैले रुचाएका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal