कालिम्पोङमा चलचित्र ‘दान्भी’को छायांकन

भारतको कालिम्पोङ नेपाली चलचित्र ‘दान्भी’को छायांकन धमाधम भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्रको तेस्रो सेड्यूलको छायांकन भारतमा भइरहेको हो । चलचित्रको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्माणपक्षले जानकारी दिएको छ ।
चलचित्रको छायांकनमा मुख्य कलाकारहरु पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । एक सातादेखि कालिम्पोङमा रहेकी नायिका शर्माले भनिन् – ‘हामीले चलचित्रको मुख्य अंशको छायांकन गरिरहेका छौं । अझै, एक साता छायांकन सेड्यूल छ ।’
चलचित्रको टिजर यस अघि नै सार्वजनिक गरिए पनि प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रको काम सकेपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माणपक्ष छ । चलचित्रमा पूजा र कुन्साङको साथमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’का मुख्य नायक किरण श्रेष्ठको पनि अभिनय छ ।
चलचित्रमा देव मगर र अनुप गडालको लगानी छ । चलचित्रका कार्यकारी निर्माता पवन राना मगर हुन् । चलचित्रमा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रुपमा छन् । श्री श्रेष्ठको एक्सन निर्देशन रहेको चलचित्रमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal