चेक रिपब्लिक र स्लोभाकियामा नेपालको लोक सँस्कृति प्रस्तुत

विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट प्रस्तुति दिएर फर्किएको छ ।
चेक रिपब्लिकको प्ल्जेनमा जुन ७ देखी ११ सम्म आयोजना भएको मेलामा नेपाल सहित विश्वाका ७ राष्ट्र र स्लोभाकियाको मियावा शहरमा जुन १३ देखी १९ सम्म आयोजना भएको मेलामा नेपाल सहित विश्वाका ८ राष्ट्रको समूह सहभागी भएका थिए भने स्लोभाकियाको बिभिन्न ठाउबाट आएका २० भन्दा बढीसमुहले भाग लिएका थिए।
नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा सहभागी हुन त्यसतर्फ गएको टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशक शीतल आचार्यको निर्देशन रहेको थियो । कार्यक्रममा प्सतुत प्रस्तुतिहरुमा वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीको नृत्य निर्देशन रहेको थियो भने संगीत सम्योजन राम बहादुर भुजेलको रहेको थियो ।
टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरब काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौ नृत्यहरू प्रस्तुत गरिएका थिए ।
मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्यतर्फ नृत्य निर्देशक शम्भु शाही, कृष्ण रेउले, उत्तम शर्मा, भवानी कोइराला, चरिया गुरु चन्द्र मान मुनिकार, प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, अनिशा श्रेष्ठ, चाहना राना मगर बाद्यबादन तथा गायक गायिका तर्फ वरिष्ठ बाँसुरीबादक रामबहादुर भुजेल, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ लोक गायक रामप्रसाद पाण्डे, गायिका रीता बुढाथोकी भुजेल तथा प्रबन्धक डेक प्रशाद अधीकारी (गोपाल) लगायत सहभागि भएका थिए ।
सहभागि अन्तर्राष्ट्रिय तथा नेपाली समुहका कलाकारहरुलाई नृत्य निर्देशक जोगेन्द्र केसीले नेपाली गीतमा नृत्य प्रशिक्षण गराएका थिए भने नेपाली समुहले बिभिन्न देशको नृत्य प्रशिक्षण लिएका थिए । स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरब काली बाट भएको थियो भने समापन पनि नेपाली चरिया नृत्य कुमारी बाट भएको थियो ।
सोही अवसरमा समुहका प्रमुख आरसी कोइरालाले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावामा सम्बन्धित नगरपालिकाका प्रमुखहरू, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएका थिए।
साँस्कृतिक कार्यक्रमको आदान प्रदानले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्नुका साथै नेपाल बुद्धको जन्मभूमि हो भनेर जानकारी दिनसमेत मद्दत पुग्ने एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइरालाले बताए । उनले साँस्कृतिक कार्यक्रमको प्रभाव जनस्तरसम्म पुग्ने र यस्ता कार्यक्रमलाई सरकारले पनि प्रबद्र्धन गर्नुपर्ने तर नेपाल सरकारको तर्फबाट प्रोत्साहन नहुँदानहुँदै पनि निजीस्तरबाट साँस्कृतिक राजदूतका रूपमा भए पनि मुलुक चिनाउने कार्यमा अलिकति भए पनि योगदान गर्न पाएकोमा गर्व लाग्नेगरेकोे बताए । उनले भविष्यमा पनि यस्ता साँस्कृतिक आदान प्रदानका कार्यक्रमहरू भइरहने जानकारी दिए ।
Latest Updates
-
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi