‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास

२०८२ जेष्ठ १४
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास

अमेरिकी दूतावासले ‘समर अमेरिकन फिल्म सिरिज २०२५’ अन्र्तगत ४ चलचित्र प्रदर्शन गर्ने भएको छ । दुतावासले मेदेखि अगस्ट महिनासम्म प्रदर्शन हुने ४ चलचित्रको सूची पनि सार्वजनिक गरेको छ ।

काठमाडौंको छायाँ सेन्टर स्थित क्युएफएक्समा मे २९ मा ‘पर्सुट अफ ह्याप्पीनेस’, जुन २६ मा ‘द मार्सियन’, जुलाई ३१ मा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ र अगस्ट २८ मा ‘ट्यांगल्ड’ प्रदर्शन गरिनेछ । साँझ ६ बजे तय गरिएको शो निःशुल्क रहने दूतावासले जनाएको छ ।

समर अमेरिकन चलचित्र सिरिज २०२५ को लागि दूतावासले क्यूएफएक्स र डीसीएनसँग सहकार्य गरेको छ । सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै दूतावासले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले नवप्रवर्तन, वाणिज्य र रचनात्मकतामार्फत विश्वव्यापी प्रगतिलाई अगाडि बढाउँछ र अमेरिकी चलचित्रहरू त्यो प्रभावको शक्तिशाली प्रतिबिम्ब हुन्, जसले कथावाचनलाई अत्याधुनिक प्रविधिसँग जोड्छन् ।’