चलचित्र ‘परी’को शुभ मुहुर्त
चलचित्र ‘परी’को शुभ मुहुर्त गरिएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजा गर्दै मुहुर्त गरिएको हो । मुहुर्तमा चलचित्रका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाललगायतको उपस्थिति थियो । चलचित्रमा गोविन्द गौतमको लेखन तथा निर्देशन रहने छ ।
मुर्हुृत कार्यक्रममा किरण केसीले चलचित्रको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए । ‘यो चलचित्रको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ,’ उनले भने, ‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ । जति डिरेक्टर सापले गर्नु भएको छ ।’
दीपाश्री निरौलाले सबैले स्क्रिप्ट पक्षमा मेहनत गर्ने बताईन् । उनले पनि फिल्मको कथा मन परेकै कारण फिल्ममा काम गर्न राजी भएको बताईन् । ‘हामीले मात्र होइन सबै पक्षले नै स्क्रिप्टमा मेहनत गर्यो भने चलचित्र वाह् भन्ने बन्छ। चलचित्र वाह् भएपछि दिनानु दिन निर्माताहरु थपिनु हुन्छ । र राम्रो राम्रो प्रोडक्ट पनि थपिन्छ। त्यसका लागि सबैले मेहनत गर्नुपर्छ, हामीले मात्र होइन् । यो चलचित्रको स्क्रिप्टमा निर्देशक सापले धेरै मेहनत गर्नुभएको छ । त्यसैले खेल्न राजी भए ।’
चलचित्रमा किरण, दीपा बाहेक प्रियंका कार्की, दिनेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिला लगायतको अभिनय रहने छ।
निर्देशक गौतमले चलचित्रको छायांकन जेठ २९ गतेबाट थाल्ने योजना रहेको बताए । दोलखा र तनहुँ आसपासमा छायांकनको तयारी थालिएको उनको भनाई छ । बाबु श्रेष्ठको छायांकन रहने यस चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने छ । चलचित्रमा द्धन्द्ध रोशन श्रेष्ठ, संगीत दीपक शर्मा र विकास चौधरीको छ भने गायन डाक्टर खेम क्षेत्री, रचना रिमाल, डाक्टर महेन्द्र भट्टको छ । गीत आनन्द अधिकारीको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
