चलचित्र ‘चिट्ठी’को गीत ‘टुटेको तारा’ सार्वजनिक

चलचित्र ‘चिट्ठी’को पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डा. कृष्णहरि बरालको शब्द, सरोज कोईरालाको संगीत र शिव परियारको स्वर रहेको छ । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।
माधव राज खरेलको लेखन तथा निर्देशन रहेको चलचित्र कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
कमला जोशीले निर्माण गरेको चलचित्रका सहनिर्माता अनिता कुँवर, समिर खान र कृष्णादेबी आचार्य हुन् । चलचित्रमा सरोज कोइरालाको संगीत, शिब परियार, बेनिसा पौडेल र बसन्त अर्यालको स्वर र डा. कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ । चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत राजेन्द्र बजगाईंले गरेका हुन् ।
जीवन पराजुली र राजन खरेलको छायाङ्कन रहेको चलचित्रलाई काठमाण्डौ, काभ्रेपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन गरिएको हो । अच्यूत बजगाई, राजेश कुमार र माधव खरेल सम्पादन रहेको चलचित्रमा समिर मियाँको कलर तथा एनिमेसन रहेको छ । चलचित्रमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal