‘छ’ छोडेनन् दिपकराजले, आगामी चलचित्रको नाम ‘छ माया छपक्कै’
दिपकराज गिरी र रोहित अधिकारी मिलेर निर्माण गर्न लागेको चलचित्रको नाम ‘छ माया छपक्कै’ राखिएको छ । सोमबार चलचित्र बिकास बोर्डमा दर्ता भएसँगै निर्माण टिमले मंगलबार विहान उक्त नाम सार्वजनिक गरेको हो ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र वैशाखबाट छायाँकनमा जाने जनाइएको छ । चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्नेछन् । दिपेन्द्रकै कथा रहेको चलचित्रको पटकथा तथा सम्बाद दिपकराज गिरीको टिमले लेखेको छ । कमेडी जनरामा निर्माण हुने जनाइएको चलचित्रमा कलाकार दिपकराज गिरी र केदार घिमिरे मात्र फाइनल गरिएको छ, यद्यपी दर्ता गर्दा भने नायिकाका रुपमा दिपाश्री निरौलाको नाम उल्लेख गरिएको बुझिएको छ । चलचित्रमा हरि हुमागाईको छायाँकन रहने छ ।
आमा सरस्वती मुभिजले यसपटक पनि आफ्नो लक्की अक्षर ‘छ’ बाट नै चलचित्रको नाम जुराएको छ । यो व्यानरबाट विगतमा ‘छ एकान छ’, ‘वडा नम्बर छ’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ र ‘छक्का पञ्जा ३’ निर्माण भइसकेका छन् । यता रोहित अधिकारी फिल्मस्को व्यानरमा यसअघि ‘गाजलु’ निर्माण भएको थियो ।
संयुक्त व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘छ माया छपक्कै’मा रोहित अधिकारीको लगानी रहने छ । चलचित्रमा दिपकराज गिरीले लेखन तथा अभिनयको पारिश्रमिक लिने छैनन्, त्यो वापत नाफाको ५० प्रतिशत लिने सहमति भएको छ ।
Latest Updates
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla



