‘छ माया छपक्कै’ निर्माणको घोषणा, दिपेन्द्रसँगको सहकार्य रेटिङ बढाउन नभएको दीपकको भनाई

चलचित्र ‘छ माया छपक्कै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । दीपक–दीपाको प्रस्तुतीमा निर्माण हुने चलचित्रको राजधानीमा आयोजित एक समारोहका बिच घोषणा गरिएको हो ।
दीपेन्द्र लामाको कथा र निर्देशन रहने चलचित्रमा दीपक राज गिरी, केकी अधिकारी, केदार घिमिरे र जितु नेपाल कलाकारका रुपमा फाइनल भएपनि अन्य कलाकार तय हुन बाँकी रहेको जनाइएको छ । घोषणा कार्यक्रमा चारै जना मुख्य कलाकारले कमेडी प्रस्तुति सहित मुर्हत सट दिएका थिए ।
जेष्ठको पहिलो साताबाट छायाँकनको तयारीमा रहेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्नेछन् भने दीपकको पटकथा, दीपक, जितु, केदार र अभिमन्यू निरवीको सम्बाद, विपिन मल्लले सम्पादन, हरि हुमागाईको छायाँकन र दीपक शर्माको संगीत रहने छ । दीपाश्री निरौला भने निर्देशक सल्लाहकारका रुपमा रहेकी छिन ।
कार्यक्रममा बोल्दै निर्देशक लामाले ‘छ माया छपक्कै’ दीपक–दीपाको अघिल्लो चलचित्र ‘छक्का पञ्जा’को अर्को संस्करण नभएको बताएका छन् । सामाजिक कथा बस्तु नै भएको र कमेडी जनरामा निर्माण हुने भए पनि छक्का पञ्जाको सिरिज नभएको उनको भनाई छ ।
त्यसो त दीपकराज गिरी र दीपेन्द्र लामाको चलचित्र प्रतिको धारणा फरक फरक रहेको कारण टिमअप कति सहज भयो भन्ने प्रश्नको समेत उनीहरुले सामाना गरेका छन् । जहाँ दीपकराज गिरीले आफुहरु बिच चलचित्रलाई हेर्ने दृष्टिकोण फरक भएपनि संरचनागत रुपमा भने मतभिन्नता नरहेको बताए । टिमअप गर्दै गर्दा दिपेन्द्रका अब्बल र आफुहरुका अब्बल कुराहरुलाई एकसाथमा राखिएको र कमजोरीहरुलाई छोडिएको उनको भनाई छ । कमेडी चलचित्रलाई समिक्षकहरुले २ स्टार भन्दा माथी नदिने गरेको गुनासो समेत गरेका दीपकले दिपेन्द्रसँगको सहकार्य २ रेटिङलाई ४ बनाउन नभई १६–१७ करोडको व्यापारलाई २४–२५ करोडको बनाउनका लागि भएको समेत जनाएका छन् ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमीको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रमा रोहीत अधिकारीको लगानी रहने छ । चलचित्रमा काम गर्दा पारिश्रमिक नलिएको दीपक–दीपाको टिमले लगानी सुरक्षित भएपछि हुने नाफामा ५० प्रतिशत लिनेछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal