‘विर विक्रम २’को गीत सार्वजनिक, ‘देउता’को गीत ‘पिरतीको’ रिमेक

चलचित्र ‘विर विक्रम २’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत चलचित्र ‘देउता’को सुपरहिट गीतको रिमेक हो । रञ्जीत गजमेरको संगीत रहेको गीतको रिमेक भर्सनमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर छ । गीतका शब्द निर्देशक तुलसी घिमिरे र कुसुम गजमेरले लेखेका हुन् भने ओर्जिनल भर्सनमा भारती घिमिरे र इन्द्रजित मिजारको स्वर रहेको छ ।
मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्रको सार्वजनिक गीतमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई ओर्जिनल भन्दा धेरै फरक बनाउन प्रयास गरेको चाम्सले बताएका छन् । उनका अनुसार मुस्ताङमा खिचिएको यो गीतमा मात्रै करिब २३ लाख बढी खर्च भएको छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्रमा अर्पण सापकोटा सह निर्माता रहेका छन् । चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन र बनिष शाहको सम्पादन रहेको छ ।
ओर्जिनल भर्सन :
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi