प्रकाश निर्देशित ‘वसन्त’को ट्रेलर सार्वजनिक

चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरले चलचित्रको कथा २०६२/०६३ सालको परिवेशमा तयार पारिएको जनाएको छ । चलचित्रको कथा जात व्यवस्थाविरूद्ध केन्द्रित छ । गायक, संगीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशन रहेको चलचित्रले समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई चित्रण गरेको छ । यति सम्मकी जात व्यवस्थाको अन्त्यका लागि भन्दै विद्रोहको बाटो अपनाएको कथा समेत ट्रेलरमा समेटिएको छ ।
ट्रेलरको अन्तिममा ‘ह्यासट्याग सबै बराबर’ भन्दै प्रकाशले चलचित्रलाई जात व्यवस्थाविरुद्धको अभियानको रुपमा लैजाने संकेत गरेका छन् । ट्रेलर रिलिज सँगै समाखुसीस्थित सिटी स्क्यावर भवनमा ‘वसन्त साँझ’को समेत आयोजना गरेको थियो । जहाँ चलचित्रका कलाकार सहित गायिकाहरु शान्तिश्री परियार, प्रिती आले, गायक देवेन्द्र बब्लुलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।
चैत २२ गतेदेखि प्रदर्शन आउने चलचित्रमा प्रकाश सहित स्वस्तिमा खड्का, प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन ९खबपु०, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ । प्रकाश स्वयंको लेखन तथा संगीत रहेको चलचित्रमा मोहन विश्वकर्मा र विन्दू बोहोरा निर्मातामा छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal