अनमोल केसीले किन खेल्दैनन् म्युजिक भिडियो
पछिल्लो समय चलचित्रका धेरै कलाकारले म्युजिक भिडियोमा काम गरेका छन् । नाम चलेका नचलेका, अग्रज देखि अनुज सम्म धेरै कलाकार भिडियो मै व्यस्त छन् । कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प हुँदा अक्सर कलाकारहरु भिडियोकै भर परे ।
समकालिन कलाकारहरुले एक पछि अर्को भिडियो गरिरहदा दुई नायक भने भिडियोबाट टाडै बसे । पछिल्लो पुस्ताका उम्दा कलाकारद्वय अनमोल केसी र प्रदिप खड्काले म्युजिक भिडियोमा काम गरेनन् ।
यद्यपी प्रदिपले एउटा राष्ट्रिय भावको गीतको भिडियोमा काम गरे । उनले कोरोना कहरका बेला सचेतनाका लागि मात्र राष्ट्रिय गीतमा काम गरेको तर्क दिए । उनी अन्य भिडियोमा व्यवसायिक रुपमा भने देखिएनन् । अनमोल भने कुनै पनि म्युजिक भिडियोमा देखिएनन् । बरु यि दुई नायक बिभिन्न ब्राण्डसँग जोडिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डको एम्बास्डर भएर काम गरे । एकातिर उनीहरुले आफुहरु चलचित्रका लागि प्रतिवद्ध रहेको बलियो सन्देश दिए भने अर्को तर्फ आफुलाई रिजर्भ राखेर आफ्नो क्रेजलाई जोगाई राखे । फलतः महङ्गो पारिश्रमिक लिएर यि अभिनेताहरुले चलचित्रमा साइन त गरिरहेका छन् नै व्याक टु व्याक ब्राण्ड प्रमोशन पनि गरिरहेका छन् । समकालिन कलाकारहरुमा महङ्गो पारिश्रमिक लिएर चलचित्र खेल्ने मात्र होइन ब्राण्ड प्रमोशन गर्ने पनि अनमोल र प्रदिप नै हन् । यद्यपी यिनिहरुले पनि पारदर्शि रुपमा ट्याक्स तिर्ने गरेको भेटिदैन । यसतर्फ भने राजश्व विभागले अवश्य चासो देला ।
आखिर किन अनमोल र प्रदिपले म्युजिक भिडियोमा काम गरेका छैनन् त ? बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अनमोलले यसको जवाफ दिए । यद्यपी प्रदिपको तर्क सुन्न भने अझै बाँकी छ । अनमोलले भने आफ्नो ड्याडी नै पहिलो म्युजिक भिडियोको कलाकार भएको भन्दै उनले म्यजिक भिडियो प्रति आफु सकारात्मक रहेको बताए । यद्यपी आफु अहिले चलचित्रमै फोकस भएको उनको भनाई छ । उनले आफ्नो चलचित्रमा नै ४–५ वटा गीत हुने भएकोले अहिले नै भिडियो गर्न जरुरी नठानेको पनि जनाएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire






