‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को टिजरले २ दिनमै वान मिलियन भ्युज कटाउन सफल भएको छ। युटुबमा रिलिज भएको छोटो समयमा नै ११ लाख भ्युज कटाएको हो।
यो समाचार तयार पर्दासम्म दर्शकले टिजरमा ५२ हजार लाइक गरेका छन् भने २१ सय भन्दा बढिले कमेन्ट गर्दै फिल्मको प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन्। युटुबमा कमेन्टकर्ता आशिष मल्ल ठकुरीले यो टिजरलाई एक सय ३ पटक हेर्दा पनि आफ्नो मन नभरिएको प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्,‘ १०३ सय चोटी हेरिसकेँ। म नै भरिएन । अब सिधै फिल्म हेर्ने छु । पल शाहको अभिनय यति उत्कृष्ट छ कि बयान गर्न सकिन्न।’
अर्का कमेन्टकर्ता सुरज थापाले अभिनेत्री विपना थापाको जतिकै अभिनय गर्न कसैले नसक्ने दाबी गरेका छन्। उनी लेख्छन्,‘ बिपना थापा इज बेष्ट बिपना थापा । कसैले सक्छ त विपना थापा जतिको राम्रो अभिनय गर्न?’
धेरैले ‘आ बाट आमा’नाम नै काफी भएको प्रतिक्रिया दिएका छन्। यो प्रतिक्रियाबाट निर्माण पक्ष पनि निकै उत्साहित देखिएका छन्। परदेशिन लागेको छोराप्रति आमाबुबाको मनमा कस्तो हुन्छ भन्ने भाव फिल्मको टिजरले झल्काएको छ। टिजरमा विदेशिन लागेको छोराप्रति अभिनेत्री विपना थापा र प्रदीप रावतको कारुणिक रुवाईलाई दर्शकले मन भकानिन्छ।
चितवन, काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्। आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्म माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
-
चलचित्र ‘पीआर’ले प्रिमियर, चलचित्रकर्मीले दिए सकरामत्मक प्रतिक्रिया
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
