अनमोललाई दर्शकले स्टार बनाएका हुन् – हेमराज बिसी
अभिनयमा अनमोल भन्दा आशिरमान प्रफेक्ट !

निर्देशक हेमराज बिसी र नायक अनमोल केसीले सन् २०१३ को चलचित्र होस्टेलबाट एकसाथ डेव्यु गरेका हुन । पहिलो चलचित्रको सफलतासँगै दुबै आ–आफ्नो बिधामा अब्बल साबित भए । त्यसपछि पनि उनीहरुले लगातार ३ चलचित्रमा काम गरे । ३ वटै चलचित्र व्यवसायिक रुपमा सफल भए । यि बाहेक पनि उनीहरुले अन्य चलचित्रमा एकसाथ काम गर्ने चर्चा नचलेको होइन तर, काम भने गरेका छैनन् । अनमोल र हेमराज दुबै एक अर्कासँग काम गर्ने सम्भावना अझै रहेको बताउँदै आएका छन् । बस् दुबै जनालाई उपयुक्त हुने स्कृप्ट चाहियो ।
हेमराजले यो बिचमा ६ चलचित्र निर्देशन गरिसकेका छन् । होस्टेल, जेरी र गाजलु सफल भएपनि सम्बोधन र ग्याङ्गस्टर व्लुज भने असफल भए । छैटौं चलचित्र ‘दि ब्रेकअप’ आउने शुक्रबारबाट प्रदर्शन हुँदैछ । सोही मितिमा अनमोल अभिनित चलचित्र क्याप्टेन पनि प्रदर्शन हुँदैछ । यसअर्थ पनि फागुन १७ गतेलाई लिएर चलचित्रबृत्तमा विभिन्न टिका टिप्पणी र बिश्लेषण भइरहेको छ । अनमोल बाहेकका चलचित्रमा हेमराज असफल भएकोले कुनै न कुनै रुपमा अनमोलसँग जोडिन खोजेको आरोप त उनले ‘दि ब्रेकअप’को ट्रेलर रिलिज कार्यक्रममा नै समाना गर्नुपरेको थियो । यद्यपी एउटा मितिमा दुई चलचित्र प्रदर्शन हुनु अस्वभाविक भने होइन ।
अनमोल र हेमराज दुबैले आफुहरु बिच सुमधुर सम्बन्ध कायम रहेको बताइरहदा बजारले भने उनीहरुलाई प्रतिष्पर्धीको रुपमा चित्रण गरिरहेको छ । कतिपयले अनमोल बिना हेमराज सफल नभएको बताइरहेका छन् भने कतिले हेमराजले अनमोललाई स्टार बनाएको टिप्पणी गरिरहेका छन् । तर, हेमराज आफुले अनमोललाई स्टार बनाएको क्रेडिट लिन चाहन्नन् । हालैको एकदिन सञ्चारकर्मीहरुसँग गफिदै गर्दा हेमराजले दर्शकले स्टार बनाउँने बताएका छन् । उनले कुनै पनि कलाकारलाई निर्देशकले स्टार बनाउने नभई दर्शकले स्टार बनाउने जनाएका हुन् । आफुले सकेसम्म राम्रो चलचित्र बनाउने कोसिस गरिरहेको बताउने हेमराजले दर्शकको मायाले स्टार जन्मने बताएका हुन ।
यता हेमराजकै चलचित्र ग्याङ्गस्टर व्लूजबाट अभिनयमा डेव्यु गरेका आशिरमान देसराज जोशीलाई समेत त्यो समय अनमोलसँग दाजेर प्रचार गरियो । अनमोलले हेमराजको ग्याङ्गस्टर व्लूजमा काम नगरेका कारण आशिरमानलाई भित्राएको आरोप समेत लाग्यो । तर, उक्त चलचित्र व्यवसायिक रुपमा असफल भयो । यद्यपी हेमराजले आशिरमानलाई नै लिएर अर्को चलचित्र ‘दि ब्रेकअप’ बनाए । व्यवसायिक रुपमा जे जस्तो भएपनि उनलाई आशिरमानको काम भने अव्बल लाग्छ । एक प्रसंगमा उनले कामका हिसाबले अनमोल भन्दा आशिरमान प्रफेक्ट भएको दाबी गरे ।
दुबै अभिनेतासँग दोहोरिएर काम गर्नुभएको छ, अभिनयको अब्बलतामा कसलाई रोज्नुहुन्छ भन्ने प्रश्नमा हेमराजले भने – ‘आइ विल गो विथ आशिरमान ।’ उनले अघि थपे – ‘व्यवहार दुबैको राम्रो छ, प्रफमेन्सको हिसाबले स्कृप्ट अनुसार दुबैले राम्रो काम गर्छन ।’ दुई चलचित्रमा आशिरमानसँग काम गरेका हेमराज उनको अभिनय कौसलताबाट प्रभावित भएको बताउँछन् । यो प्रश्नको जवाफ आफ्ना लागि निकै कठिन भएको समेत उनको भनाई छ ।
हरेक चलचित्रमा आफ्नो काममा निखारता ल्याउँदै आएको बताउँने हेमराजले भने – ‘अनमोलबाट होस्टेल, जेरी र गाजलुमा जुनप्रकारको काम निकाल्न सकेँ त्यो भन्दा राम्रो काम आज आशिरमानबाट पाएको छु । भोलीको दिनमा अनमोलसँग काम गर्दा यो भन्दा पनि बेटर निकाल्न सक्छु ।’
हेमराज बिसी निर्देशत चलचित्र ‘दि ब्रेकअप’मा आशिरमानको मुख्य भुमिका रहेको छ । चलचित्र लभस्टोरी जनराको हो ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal