चलचित्र ‘तलाश’ फागुनमा रिलिज हुने

२०८२ मंसिर २५
चलचित्र ‘तलाश’ फागुनमा रिलिज हुने

चलचित्र ‘तलाश’ फागुनमा रिलिज हुने भएको छ । निर्माण कम्पनी विश्व शान्ति फिल्म्स प्रालिले चलचित्र प्रदर्शनको मिति सार्वजनिक नगरे पनि फागुन महिनामा नै प्रदर्शनमा आउने जनाएको छ । 

हस्त लिबाङको डेब्यू निर्देशकीय चलचित्रले रहस्यमय तरिकाले घटने आपराधिक घटनाहरुसँग सम्बन्धित कथालाई प्रस्तुत गर्ने जनाइएको छ ।

चलचित्रमा एलिना बाँस्कोटा, राजकुमार लिङदेन, सोम लामा, बिमला खजुम, हस्त लिबाङ, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, अजय खडका, मुकेश कालिकोटे, दावा मिङमार शेर्पा, पुन्य ओझा, सागर केरुङ, विमल ढुङ्गेल, बिक्रम धिमाल, प्रिति योगि, कल्याण राई, विश्व मुखिया लगायतको अभिनय छ ।

मोरङ, धरान, इलाम र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा दिनेश लिङदेनको कथा रहेको छ । चलचित्रमा रोशन वान्तवा राई र उदय नेम्बाङको संगीत, स्मिता दाहाल, मेलिना राई, उदय नेम्वाङ, दिनेश लिङदेन, यदु राई लकाल्द्री र रोशन सुवेदीको स्वर, दिनेश माङमुको नृत्य, विक्रम डिसीको छायांकन र पुन्य ओझाको द्वन्द्ध छ ।