हलमा लाग्यो शोभितको ‘पीआर’
शोभित बस्नेत निर्देशित चलचित्र ‘पीआर’ प्रदर्शनमा आएको छ । विदेशी चलचित्रलाई छोडेर हेर्दा एकल प्रदर्शनका अवसर पाएको यो नेपाली चलचित्रले देशव्यापी एक सय हाराहारी शो पाएको छ ।
नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर) लिन गर्नुपर्ने संघर्ष र घरको ऋणले कसरी सताउँछ भन्ने विषय चलचित्रले समेटेको छ । चलचित्रको विषय वस्तु र कलाकारको अभिनयलाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको थियो । गत बुधबार काठमाडौंमा भएको प्रिमियरमा पत्रकार तथा चलचित्रकर्मीले चलचित्र हेरेपछि मुक्त कण्ठले प्रसंसा गरेका थिए ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई देख्न सकिनेछ ।
चलचित्रको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन् । चलचित्रमा छायांकन सौरभ सायमी र सौरभ लामा, लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, संगीत मानस राज र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
-
चलचित्र ‘पीआर’ले प्रिमियर, चलचित्रकर्मीले दिए सकरामत्मक प्रतिक्रिया
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
