‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत ‘जीन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा आशिष अविरलको संगीत एक नारायण भण्डारीको शब्द तथा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर छ । मनाङ र अमेरिकाको सुन्दर लोकसनमा छायांकन गरिएको गीतमा अनमोल केसी र सुहाना थापाको केमेष्ट्री उत्कृष्ट देखिएको छ ।
सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन । यही चलचित्रबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली चलचित्र क्षेत्रमा डेव्यु गराउँदै छन् ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । चलचित्र चैत्र २९ गतेबाट प्रदर्शन हुँदैछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal