चलचित्र ‘एक्टर’को छायांकन सुरु

चलचित्र ‘एक्टर’को छायांकन सुरु गरिएको छ । शुक्रबार पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थिती थिए । उनीहरुले क्यामेरा पुजा गर्दै भगवान्सँग आर्शिवाद थापेका थिए । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा प्रदिप र दिव्याका साथै आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बौद्दिक विधि अनुसार पूजापाठ गर्दै चलचित्रको शुभमुर्हुत गरिएको थियो । थमन कुमारी भण्डारी को लगानी रहने चलचित्र अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुनेछ । तोरन क्षेत्री लाइन प्रोड्यूसर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ । आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi