चलचित्र ‘एक्टर’को शुभ मुहूर्त

चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटी स्थित कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन यज्ञ गर्दै चलचित्रको मुहूर्त गरियो । मुहूर्तमा चलचित्रका निर्माता, निर्देशक, प्राबिधिक सहित कलाकारहरु प्रदीप खड्का, दिब्या रायमाझी, आना शर्मा, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।
चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी भएको र यसै चलचित्रबाट डेब्यु गर्न लागेकोले पनि दिव्या मुहूर्त कार्यक्रममा आकर्षणको केन्द्र बनेकी थिइन् । राजन भुसालले निर्देशन गर्ने चलचित्रको छायाँकन बैशाख अन्तिमबाट सुरु हुने छ । चलचित्रमा राजबल्लभ कोइराला, सलोन बस्नेत लगायतको पनि अभिनय रहनेछ ।
थमन कुमार भण्डारी निर्माता रहेको चलचित्रका सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा प्रदर्शन हुने चलचित्रमा नरेन्द्र मैनालीको छायाँकन रहने छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal