'आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध,पलको बुबाको भुमिका गर्दै

२०८२ आषाढ १
'आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध,पलको बुबाको भुमिका गर्दै

तेलुगु, तमिल र बलिउड फिल्म अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। निर्देशक चन्द्र पन्तले रावतलाई फिल्ममा अनुबन्ध गरेको बताए। 

उनले भने, 'उहाँ यो फिल्ममा पल शाहको बुबाको भुमिकामा हुनुहुने छ। नितान्त नेपाली लोकमा नेपाली स्टायलको भुमिका निवार्ह गर्दै हुनुहुन्छ।’

रावतले यसअघि निर्देशक पन्तले नै निर्देशन गरेको फिल्म ‘माई’ र ‘ह्रस्वदीर्घ’मा अभिनय गरेका थिए। फिल्ममा यसअघि विपना थापा, पल शाह अनुबन्ध भइसकेका छन्। पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्।

फिल्मको स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका हुन भने फिल्म भदौबाट फ्लोरमा जाने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ।