'ऊनको स्वीटर'का सबै गीत करोड क्लबमा

चलचित्र 'ऊनको स्वीटर'का सबै गीत युट्युबमा करोड क्लबमा पुगेका छन् ।
साङ्गीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै 'ऊनको स्वीटर'को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ । हालै 'चाइनेजो जिन्दगानीमा' बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै सबै गीत करोड क्लबमा पुगेका हुन् । यो समाचार तयार पार्दासम्म 'फूलहरू मुस्काउँछन्'ले २१ मिलियन, 'मखमली'ले १३ मिलियन, 'काफ्ले'ले १३ मिलियन र 'चाइनेजो जिन्दगानीमा'ले १० मिलियन भ्यूज प्राप्त गरेका छन् ।
यस सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । "नेपाली चलचित्रले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौँ," आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ । चलचित्रका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा फिल्महरू निर्माण गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
'ऊनको स्वीटर' २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल भइसकेको छ । चलचित्र हाल नेपालभरका दर्जनौँ हलहरू तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal