'किन लाग्छ माया' बन्ने, मिस पबीको मुख्य भूमिका
चलचित्र 'किन लाग्छ माया' बन्ने भएको छ | 13 वर्ष पछि यहि नाममा चलचित्र बन्न लागेको हो | आइतबार एस एण्ड एस प्रोडक्सनले चलचित्र निर्माणको घोषणा गरेको हो |
कुवेर तामाङको निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा मिस पबीको रुपमा चिनिएकी पबित्रा साकी देखिने भएकी छन् | निर्माण पक्षले आइतबार उनीसंग लिखित सम्झौता गरेको हो ।
मोनु खड्काको निर्माण रहने चलचित्रमा पविसहित धिरेन शाक्य, राजेन्द्र खड्की, मेघ सुवेदी, सञ्जीत भण्डारी, रिचा थापा, जाह्नवी बस्नेत, हिउँवाला गौतम, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहारी, विनोद ढकाल लगायतको अभिनय रहनेछ ।
असारको पहिलो साताबाट काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी र मुस्ताङमा चलचित्रको छायांकन गरिने जनाइएको छ | यतिबेला काठमाडौंमा वर्कसप चलिरहेको छ ।
रामकाजी घिमिरेको पटकथा तथा संवाद र स्याडो रियरको कथा लेखन रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी तथा राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहनेछ । चलचित्र दाजु-भाइबीचको सम्बन्ध, एकअर्काप्रतिको जिम्मेवारी र त्यागको कथा भन्ने जनाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
