‘माया प्रीति’मा आशीर्वाद अनुबन्धित

२०८२ बैशाख १६
‘माया प्रीति’मा आशीर्वाद अनुबन्धित

चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । चलचित्रमा आशीर्वाद अनुबन्धित भएसँगै उनको जोडी अभिनेत्री दिब्या रायमाझीसँग बाधिनेछ । निर्देशक अभि श्रेष्ठले चलचित्रमा आशीर्वाद र दिव्याको प्रमुख भूमिका रहने पुष्टि गरे ।

वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको यतिबेला वर्कशप भइरहेको छ । प्रि–प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्रमा श्याम तामाङको छायाँकन रहने छ ।

‘माया प्रीति’ नयाँ पुस्ताको प्रेमकथामा आधारित भएर बन्न लागेको रोमान्टिक कमेडी चलचित्र हो । यसका निर्माता सुवास चन्द्र प्रधान हुन् भने कार्यकारी निर्मातामा अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की रहेका छन् । त्यसैगरी, क्रिएटिभ निर्देशकमा प्रणव जोशी रहनेछन् ।

Latest Updates

New Releases (Jestha 2)

Next Releases (Jestha 9)