नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आठौं संस्करण सुरु

आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । बिहिबार राजधानीमा सुरु भएको महोत्सवको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरे । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा सहित सुरु भएको महोत्सव चैत्र ११ गते सम्म चल्नेछ ।
कार्यक्रमका दाहालले निफको सफलताको शुभकामना ब्यक्त गर्दै यतिधेरै चलचित्रहरू नेपालमा एकसाथ प्रदर्शन हुनु राम्रो पक्ष भएको बताए । उनले नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यतालाई अन्तराष्ट्रिय दर्शक माझ प्रस्तुत गर्न आवश्यक रहेको बताए । विगत ८ वर्षदेखि अन्तराष्ट्रिय चलचित्रलाई नेपाली पर्दामा प्रस्तुत गर्दै आउनु निफको विशिष्टता रहेको अध्यक्ष दाहालको भनाई छ । उनले भने, ‘निफले आफ्नो विशिष्टता, ऐतिहासिकता र महत्त्वपूर्ण यस महोत्सवमा प्रस्तुत गर्नु महत्त्वपूर्ण कुरा हो ।’
महोत्सव अन्तर्गत शनिबार आयोजना हुने ‘फिल्म डे’मा ३ रुसी फिल्म देखाइनेछ । यसपटक महोत्सवमा ३ अडियन्स च्वाइस र एआई अवार्ड थप गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि चैत ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म खल्ती एपबाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
ओपनिङ चलचित्रको रुपमा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ देखाइएको छ । महोत्सव अवधीभर छनौटमा परेका ४० देशका ८७ वटा चलचित्र देखाइनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिने छ ।
सर्वोत्कृष्ट हुने एआई चलचित्रलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal